काठमाडौँ - यातायात व्यावस्था विभागले बिहीबारबाट गाडीको पछाडि लेखिने कविता, जोक्स अनि सायरी तुरुन्त मेट्न निर्देशन दियो । बस अनि ट्रकका पछाडि लेखिने यस्ता सवारी साहित्यमा रमाउनेहरुमा यो खबरले कस्तो तरंग ल्यायो त ? शुक्रबार सिमसिमे परेको पानीले सर्वसाधारणमा चिसो झन थपिएको थियो। धुम्म परेको दिनमा पनि जडिबुटीको ग्यारेजमा एक पेन्टर गाडीमा रङ्ग रंगाउँदै थिए।…