काठमाडौंका चर्चित रास्वपा नेता प्रणयशमशेर राणाले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का नेता प्रणय शमशेर राणाले पार्टी छाडेका छन् । उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन् । ‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,’…