भोटेकोशी बाढीमा करिब १०० चिनियाँ नागरिक बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता भएको चीनको विदेश मन्त्रालयले जनाएको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फ करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको जानकारी दिएका हुन् । उनका अनुसार नेपालस्थित चिनियाँ दूतावासले नेपाली अधिकारीसँग समन्वय गरेर बेपत्ता नागरिकबारे थप…