बाढीपीडितका लागि रास्वपाले ५० लाख दिने, सबै कार्यक्रम स्थगित

काठमाडौँ । चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । पार्टी सचिवालयको बैठकले उक्त रकम सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बाढी–पहिरोका कारण उत्पन्न विपद्लाई मध्यनजर गर्दै रास्वपाले आफ्ना सबै पूर्वनिर्धारित राजनीतिक तथा…