विपद्को घडीमा सरकारलाई साथ दिन तयार छौँ : शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी–पहिरोजस्तो राष्ट्रिय विपद्को समयमा राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा फसेकाको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरे। उनले राहत वितरणमा एकद्वार प्रणाली लागू…