काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सुनसरीको झुम्का पुगेका छन् । सोमबार कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट र अन्तरक्रियामा सहभागी हुन विराटनगर पुगेका थापाले मंगलबार बिहानैदेखि चुनावी अभियान सुरु गरेका हुन् । सुनसरी २ झुम्कामा नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरे । ‘तपाईहररूले कांग्रेस र मलाई विश्वास गर्नु…