अमेरिका जान ८० लाख बुझाएका भूपेन्द्र ओलीको आत्महत्या

काठमाडौँ - अमेरिका जानका लागि एजेन्टलाई ८० लाख रुपैयाँ बुझाएका बाँके ढकेरीका ३४ वर्षीय भूपेन्द्र ओलीले आत्महत्या गरेका छन्। उनी बुधबार आफ्नै घरको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। परिवारका अनुसार, ओलीले पहिलो पटक दिल्ली हुँदै र दोस्रो पटक स्पेन हुँदै अमेरिका जाने प्रयास गरेका थिए। तर दुवै प्रयास असफल भएपछि उनी नेपाल फर्किएका…