चीनमा हिमताल विस्फोट हुँदा नेपालमा बाढी

काठमाडौं । मंगलबार बिहान रसुवागढीमा आएको बाढीपहिरोले ठूलो क्षति गरेको छ । चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवागढीस्थित नेपाल चीन जोड्ने मितेरीपुल बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बिहान ४ बजेको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको छ।प्राधिकरणले रसुवा, नुवाकोट, धादिङतफै उच्च सतर्कता अपनाउन आग्रह…