काठमाडौं । इँटाभट्टाको टहरामा पढेर एसइई परीक्षामा ४ जीपीए प्राप्त गरेकी भक्तपुर सुडालकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको अध्ययन गराउने भएका छन्। बिहीबार गुरुङ दम्पतीले गोमालाई भेटेर बधाई दिँदै आफूहरूले एमबिबिएससम्मको अध्ययन गराउने जिम्मा लिने बताएका हुन् । यसअघि कांग्रेस नेता एवं भक्तपुरका सांसद दुर्लभ थापाले गोमाको उच्च अध्ययनको जिम्मा आफूले…