मारवाडी समितिबाट फिर्ता लिएको पशुपतिनाथको सम्पत्ति अब पशुपति विकास कोषले व्यवस्थापन गर्ने

काठमाडौं– भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशालाको व्यवस्थापन अब पशुपति विकास कोषले नै गर्ने भएको छ । उक्त धर्मशाला यसअघि मारवाडी सेवा समितिले सञ्चालन गर्दै खाएको थियो । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो…