काठमाडौँ — सवारी साधन संचालनमा सहजीकरण गरिदिने भन्दै यातायात व्यवसायीबाट घूस लिएको आरोपमा रोल्पास्थित जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललितबहादुर बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको नेपालगन्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले सोमबार रोल्पा लिबाङमा रहेको आफ्नै निवासबाट नगद २५ हजारसहित नियन्त्रणमा लिएको हो। जिल्लामा…