काठमाडौं । आफूलाई नेपालको ‘पहिलो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’ घोषणा गर्ने डा.निकोलस भुसालले शुक्रबार बत्तीसपुतलीस्थित होटल तपसमा भेला राखेका छन् । आफूलाई समाजिक अभियन्ता दावी गर्ने उनले संविधान खारेजीको माग गर्दै युवा भेला गर्न लागेका हुन् । जेनजी प्रदर्शनमा देखिएका भुसाल विगतदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा थिए । जेनजीका हत्यारालाई यथाशीघ्र पक्राउ, आन्दोलनले उठाएको…