प्रतिनिधिसभाको बैठक आज बस्दै, पाँच विधेयक पेस हुदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न पाँचवटा विधेयक तथा समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस…