काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पृतनापतिहरूको सम्मेलन बोलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेको पर्सिपल्ट सिग्देलले पृतनापति सम्मेलन बोलाएका हुन् । मुलुकमा सुरक्षा चुनौती बढ्दै गएको निष्कर्ष निकाल्दै सेनाले बिहीबार पृतनापतिहरूको समन्वयात्मक बैठक राख्ने निर्णय गरेको हो। सम्मेलनमा सातै प्रदेशका प्रमुखहरू सहभागी हुनेछन्। साथै, सैनिक मुख्यालयमा कार्यरत जर्नेलहरू पनि सम्मेलनमा सहभागी हुने…