दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ - काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त मोटरसाइकलका चालक २५ वर्षीय आयुष महर्जन गम्भीर घाइते भएका थिए। घाइते महर्जनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।…