काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्देशनलाई मान्दै लाइन काटिएका उद्योगहरुमा बिजुली जोड्ने प्रक्रिया अगाडि बढेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले २४ घण्टाभित्र लाइन काटिएका उद्योगहरुमा लाइन जोड्नु भन्ने सरकारको निर्देशन प्राप्त भएकाले सोहीअनुसार अगाडि बढिएको बताए । कार्यकारी निर्देशक घिसिङले अब उद्योगीहरुले विद्युत जोडिएको १५ दिनभित्र बक्यौता बुझाउनुको…