झ्याप्ले खोलामा पहिरोमा पुरिएको थप ३ जनाको शव निकालियो

काठमाडौं– झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव निकालिएको छ । ती शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो ।…