आज पनि उठेन राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर

तीन दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए। ‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर अहिलेसम्म पनि सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएर राखेता…