सिटिइभिटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युड फर टेक्निकल इन्स्ट्रक्सनको भवनमा अवैध अनलाइन मुद्रा क्रिप्टोको माइनिङ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भवनको इन्फर्मेशन टेक्नोलोजी ल्याबमा माइनिङ गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय…