काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारततर्फ २८३ मेगावाट विद्युत निर्यात गर्न अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनामार्फत निर्यात हुने विद्युतको स्वीकृति एक वर्षका लागि नवीकरण गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिँदै भारतीय…