काठमाडौं। काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख–हैरानी दिने गतिविधिमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुबाट आएका जनगुनासोका आधारमा सादा पोसाकमा विशेष अनुगमन सञ्चालन गरेको थियो। सो क्रममा यात्रुलाई हैरानी दिने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ…