काठमाडौं । पुष्पकमल दाहालले भदौ २३ र २४ को घटनापछि आफूहरू मारिने अवस्थासम्म पुगेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तत्कालीन परिस्थितिमा आफूहरू गम्भीर जोखिममा रहेको दाबी गर्दै विश्वको भूराजनीतिक अवस्थाका कारण प्रतिक्रियावादी शक्तिहरूको योजनाबाट जोगिन सफल भएको बताए। ‘हामी त किचिक्क परेर मिचिने र मारिने ठाउँमा थियौँ। प्रतिक्रियावादीले चाहेको भए त…