सञ्चारमन्त्री खरेलद्वारा अनलाइन टिभीलाई नयाँ मूलधार मिडियाको संज्ञा

काठमाडौं, १२ कात्तिक। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अनलाइन टिभीलाई नेपालको नयाँ मूलधार मिडियाको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बुधबार मन्त्रालयमा अनलाइन टिभी पत्रकारहरूसँग भएको छलफलमा मन्त्री खरेलले अनलाइन टिभीको भूमिका अबको सूचनाको मुख्य माध्यमका रूपमा विस्तार भइरहेको बताउनुभयो। उहाँले सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार, व्यवस्थित र सशक्त बनाउन ठोस कदम चाल्न लागेको…