काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रकारका डिजिटल फरेन्सिक सफ्टवेयर, हार्डवेयर तथा अन्य अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ। मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा उक्त उपकरणहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको…