सर्लाहीको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी स्थानीयबासीसँगै सडक निर्माणमा खटिएका छन्। शनिबार बिहान मेयर बुढाथोकीसँगै श्रमदान गरेर स्थानीयले सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने ग्रामीण सडक पुनर्निर्माण गरेका हुन्। हरिवन नगरपालिका–८ फेदी भएर बग्ने कैलाशपुरी खोलाले बगाएको झण्डै ४० मिटर सडक मेयर बुढाथोकीको नेतृत्वमा पुनर्निर्माण गरिएको हो। सडक निर्माणमा मेयर बुढाथोकीसँगै स्थानीयले दुई…