टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कोटेश्वरमा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा २७ वर्षीय प्रकाश लिम्बु छन्। मोरङ पथरी घर भएका उनी भक्तपुर सल्लाघारी बस्दै आएका थिए। मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो। ना १ क ४५०२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु सख्त घाइते…