सुनसरीको धरान उपमहानगरपालिकाका स्वतन्त्र नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् । सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै आएका साम्पाङको नगरपिता बन्ने सम्मको यात्रालाई धरानले पहिल्यैदेखि देखाउँदै आएको केन्द्रीय सत्ताविरुद्धको असन्तुष्टिको नतिजा भएको बताउन थालिएको छ ।स्थानीय तहको निर्वाचनमा…