लमजुङ : मर्स्याङ्दी गाउँपालिका ५ माथिल्लो चिप्लाका बासिन्दा तीन दशकदेखि पहिरोको त्रासमा दिन बिताउँदै आएका छन् । पहिरोले गाउँ च्याप्दै लगेपछि स्थानीय बसाइँ सर्न बाध्य बनेका छन्। अनुसन्धानकर्ता तथा विज्ञले उक्त गाउँ सार्न सिफारिस गरेपनि पुनर्स्थापनाको लागि कुनै कार्य नभएको स्थानीय कुमीरजंग गुरुङले बताए । उनले भने, ुपानी परेसँगै पहिरो जान सुरु गर्छ पानी पर्नासाथ…