महोत्तरीमा थपियो १० दिन निषेधाज्ञा

महोत्तरीमा थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले महोत्तरीमा थप १० दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ । https://www.youtube.com/watch?v=CoIRKS4VNUg&t=1s कोरोना संक्रमणदर बढिरहेकाले निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।