गगन थापा भोलि सुर्खेत जाँदै, चुनावी सभालाई सम्बोधन

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापा बिहीबार सुर्खेत जाने भएका छन् । प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न उनी सर्लाहीबाटै सुर्खेत जाने भएका हुन् । प्रतिज्ञा पत्र सार्वजनिकपछि कांग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो । बिहीवार सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई कांग्रेस सभापति थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले सम्बोधन गर्ने कांग्रेस कर्णाली प्रदेशका महामन्त्री…