काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘आचार्य’ को सुटिङका लागि अभिनेता तथा निर्देशक निखिल उप्रेती भद्रपुर हुँदै भारत जाने भएका छन् । उनी मंगलबार कलाकार युनिटसहित झापाको भद्रपुर उडेका छन् । त्यतैबाट भारत जाने निखिलले बताए । निखिलसँगै अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकारसमेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी पनि…