हुम्लाको नेप्का गाउँमा पहिरोका कारण विद्यालय भवन बगायो

हुम्ला l हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ। गए राति एक्कासी परेको असिनापानीपछि खसेको पहिराले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवन, खेतीयोग्य जमिन र स्थानीयका गोठहरू पुरिएको बताइएको छ। स्थानीय बासिन्दा छक्कबहादुर तामाङका अनुसार पहिरोले विद्यालय भवनसँगै आसपासको कृषि भूमि र पशु गोठमा पनि क्षति पुर्‍याएको छ। वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह…