काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले तनाव सिर्जना भएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले संगठनलाई मागीखाने भाँडो बनाएको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएपछि तनावको स्थिति सिर्जना भएको हो । राजधानीमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट नेताहरू पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन सानेपामा पुगेका थिए । तर सुरक्षाकर्मीले उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि…