काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको घुँडाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण साम्बा हाल जटिल शल्यक्रियाको तयारीमा छिन् । उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको कांग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ…