एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जना महिलाविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। शोभा पाठकलाई आक्रमण गरेको घटनामा संलग्न रहेको आरोपमा उनीहरूमाथि ‘ज्यान मार्ने उद्योग’को कसुरमा मुद्दा दर्ता गर्न सिफारिस गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबार अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल…