सामुदायिक विद्यालयका विद्यार्थी भन्छन् — बुक फ्रि फ्राइडे कार्यक्रम नहटाइ दिनु

काठमाडौँ । ‘हामीलाई बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर चाहिन्छ । किताब पढेको दिनभन्दा शुक्रवार धेरै कुरा सिक्न पाइएको छ । सर यसलाई नहटाइदिनु ल ।’ बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँग एक स्वरमा आग्रह गरे । विद्यालय निरीक्षणका क्रममा अधिकारीले, कक्षा कोठामा पुगेर ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन नगरे तपाईँहरुलाई…