हिरासतमा रहेकी महिलालाई सोधपुछको बहानामा प्रहरी सहायक निरीक्षक (असई)ले मध्यराति आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रविण चौलागाईँमाथि उक्त आरोप लागेपछि उनलाई निलम्बित गरेर छानबिन थालिएको हो । इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत आसई चौलागाईंविरूद्ध ती महिलाले बलात्कारको प्रयास गरेको आरोप लगाउँदै मुद्दा दर्ता…