राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ । उनलाई यति एअरलाइन्सको विमानमार्फत केहि समय अघि भैरहवा पुर्याइएको हो । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने…