काठमाडौं,१३ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर काठमाडौं जिल्ला अदालतको आदेश अनुसार कारागार चलान भएका तीन जना प्रतिवाद्धीले जिल्ला अदालतको फैसला खारेजीको मागसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा भएको थुनछेक बहसपछि गत असार एक गते यस प्रकरणमा…