काठमाडौं,१२ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेर अनियमितता गरेको आरोपमा मुछिएका आरोपीहरु पक्राउ पर्न थालेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)को टोलिले आज एकैदिन यस प्रकरणमा मुछिएका ७ जना आरोपितलाई पक्राउ गरेको हो । सिआइबीको टोलिले आज विहान मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी भाटभटेनी सुपरमार्केटका सञ्चालक समेत हुन् ।…