काठमाडौं,१५ चैत । आसन्न उपनिर्वाचनका लागि इलाम २ मा राप्रपाले उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाको आज बसेको बैठकले युवा नेता लक्ष्मी गुरुङलाई इलाम २ को टिकट दिने निर्णय गरेको हो । यसअघि इलाम जिल्ला कमिटीले गुरुङसहित ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।…