सरकारलाई कुलमानको जवाफः मलाई सय दिएपनि, शून्य दिएपनि केही फरक पर्दैन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले आफूलाई सरकारले कार्यसम्पादनमा मूल्याङ्कनमा शून्य दिएको कुराले कुनै माने नराख्ने बताएका छन् । आज (बुधबार) नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सय वा शून्य अंकले केही फरक नपार्ने बताएका हुन् । ‘मलाई शून्य दिएपनि, सय दिएपनि त्यसले पनि माने…