काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै हुनुहुन्छ । उहाँ पोखराबाट समिट एयरको विशेष विमानबाट काठमाडौ आउन तयारी भै रहेको जनाईएको छ । राजावादीहरुले उहाँको स्वागतका लागि बिषेश तयारी गरेका छन् । संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन आह्वान गरेको छ…