टिकटकबाट बसेको प्रेम, आयुषको गृहजिल्ला अछाम पुगिन एलिजे

टिकटकर आयुष सिंह ठकुरी र एलिजेह जमाली (एलिजे) को जोडी अछाम पुगेको छ।आयुषको गृहजिल्लासमेत रहेको अछाममा उनीहरूलाई भव्य स्वागत गरिएको छ। आयुष अछामको साँफेबगर नगरपालिका–४, खालसैनस्थित मामाघरमा हुर्किएका हुन्। सोमबार अछाम पुगेको यस जोडीलाई साँफेबगर नगरपालिकामा बाजागाजासहित स्वागत गरिएको हो।उनीहरुको स्वागतमा नगरपालिकाले विशेष कार्यक्रमसमेत गरेको छ। आयुषको गृहनगर पुग्दा एलिजेहले एकदमै खुसी व्यक्त गरेकी छन्।…