काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा…