स्टार स्पोर्ट्ससँगको सम्झौताबारे विज्ञापन बोर्डले क्यानसँग माग्यो जवाफ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले गर्नेगरि भएको सम्झौताबारे विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान) सँग जवाफ मागेको छ । स्टार स्पोर्टस्सँगको सम्झौताको प्रतिलिपिसमेत पेश गर्न निर्देशन दिँदै बोर्डले क्यानलाई शुक्रबार पत्र लेखेको हो । नेपाल विज्ञापन सङ्घ, राष्ट्रिय विज्ञापन सङ्घ नेपाल र मिडिया अलायन्स नेपालले उक्त सम्झौताविरुद्ध मंसिर…