काठमाडौं– राष्ट्रिय महिला फुटबल टिमका मूख्य प्रशिक्षक राजेन्द्र तामाङले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टिम बंगलादेशसँग पराजित भएपछि तामाङले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । तामाङले अब आफू राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीमा नरहने प्रष्ट पारेका छन् । उनले अब आफू क्लबतिर लाग्ने योजनामा रहेको बताएका छन् ।…