अफगानस्तानसँग सहज जीत निकाल्दै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं– सेमिफाइनलमा अफगानिस्तानसँग सहज जित निकाल्दै दक्षिण अफ्रिका आइसीसी टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ट्रीनिडाडमा बुधबार सम्पन्न सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विश्वकप उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तान ५६ रनमा अलआउट भएको थियो । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले सर्वाधिक १० रनको योगदान…