चौतर्फी आलोचनापछि आधा दर्जन राज्यमन्त्री हटाउँदै मधेशका मुख्यमन्त्री सिंह

जनकपुर– हालसम्मकै जम्बो मन्त्रिपरिषद् बनाएर आलोचना खेपिरहेका मधेश प्रदेशका मुख्यमन्त्री शतिषकुमार सिंहले राज्यमन्त्री हटाउने तयारी गरेका छन् । २० सदस्यीय मन्त्रिपरिषद् बनाएको भन्दै आलोचना भएपछि सिंहले आधा दर्जन राज्यमन्त्री हटाउने तयारी गरेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ । मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत र लोसपाबाट एक(एक जना गरी पाँच राज्यमन्त्री थप…