सप्तरीमा सेना उत्रियो, प्रहरी भन्छ– घरभित्र नबसे कर्फ्यू लगाइन्छ

    कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय प्रदेश २ का विभिन्न जिल्लामा उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले नसकेपछि सहयोगका लागि नेपाली सेनासमेत सडकमा आएको छ ।प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् । मुख्य सडकदेखि अन्य बजार क्षेत्र…