सुरु भयो ‘क्याप्टेन साब’को छायांकन

केही दिन अगाडि शुभसाइत गरिएको फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु गरिएको छ । ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोकबाट यो फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । यो फिल्मको शिर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछानेले काम गर्दैछन् । उनलाई नायिका सुरक्षा पन्तले साथ दिएकी छिन् । कृष्णबहादुर थापाको छायांकन रहने फिल्मलाई काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा खिचिनेछ ।…